Logo
Logo

बलाधिकृत रथी कार्कीलाई कामु प्रधानसेपति तोक्ने मन्त्रिपरिषदको निर्णय


4.7k
Shares

काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार सो जानकारी गराएका छन् ।

प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही यही पुस १८ देखि ३० गतेसम्म घर बिदामा बस्ने भएकाले बलाधिकृत रथी कार्कीलाई सेनाको कायममुकायम तोक्ने निर्णय गरिएको उनले बताए ।

यस्तै, बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटोविज्ञ डा गङ्गादत्त आचार्यलाई सार्क कृषि केन्द्र ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय गरेको छ ।
यस्तै, सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्