सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशमा जुम्लाबाहेक सबै जिल्लामा आज प्रतिनिधि चयन हुँदैछ ।

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहका अनुसार जुम्ला जिल्लामा आइतबार मात्रै जिल्ला प्रतिनिधि चयन गरिँदैछ ।
बाँकी रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, मुगु, हुम्ला र डोल्पामा आजै जनप्रतिनिधि चयन हुने भएको हो । जिल्ला अधिवेशन भने सबै जिल्लाको निर्धारित मिति पुस २३ गते नै हुने भएको छ ।














