Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

माओवादीको निर्वाचन तालिका- आज मनोनयन, भोली मतदान



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि (आईतबार) बिहान ११ः३० बजेबाट मतदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन समितिले १ हजार ७ सय ४२ जना मतदाताको नामावली प्रकाशन गरिसकेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा नेतृत्व चयनका लागि शनिबार मतदाता नामावली प्रकाशन गरिएको समितिले जनाएको छ ।

साथै उम्मेदवारी दर्ता, फिर्ता, दावी विरोध लगायतका कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । माओवादी केन्द्रको पारित विधान अनुसार महाधिवेशनबाट २९९ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुन्छ । निर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ ।

पारित विधानअनुसार महाधिवेशनले ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट नेतृत्वको चयन गर्नेछ । यसअघि केन्द्रीय समितिले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

महाधिवेशनले केन्द्रीय समिति चयन गरेपछि कन्द्रीय समितिले पदाधिकारी, पोलिट्व्युरो र स्थायी कमिटी चयन गर्छ । माओवादीको ९९ सदस्यीय पोलिटव्युरो र ३३ सदस्यीय स्थायी समितिको हुने छ ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

तालिका हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्