Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

स्थायी समितिमा पदाधिकारीबारे छलफल हुँदै


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बस्दैछ । केन्द्रीय पदाधिकारी छनोटबारे छलफल बैठक बोलाएको हो ।

पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

त्यसपछि नेताहरु विभिन्न औपचारिक र अनौपचारिक छलफल जुटेका छन् । स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार पहिला केन्द्रीय समिति घोषणा गरेर पदाधिकारी समेत घोषणा गर्दा राम्रो हुने सुझाव आएको छ । यसैअनुसार तयारी भइरहेको उनको भनाइ छ । माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्