Logo
Logo

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी


एजेन्सी


केप टाउन । केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतवार आगलागी भएको घटनास्थलमा रहेका एएफपी संवाददाताहरूले बताएका छन् ।

आगो र धुवाँको ठूलो मुस्लो लगभग ०५३० जिएमटिमा देखिएको थियो । अहिले अग्निनियन्त्रकहरू भवनमा उपस्थित भएका छन् ।
आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि छैनन् भन्ने यकिन भएको छैन ।

आगलागी कसरी सुरू भयो भन्ने खुल्न सकेको छैन । केपटाउनको संसद भवनमा सन् १८८४ मा बनेको पूरानो भवन र १९२० र १९८० को दशकमा तयार भएको नयाँ भाग पनि सँगै छ ।

प्रतिक्रिया दिनुहोस्