Logo
Logo

एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन



काठमाडौं । एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गरिएको छ । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै साना २२ वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी)लगायतका २२ दल तथा संघसंगठनले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए ।

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलले संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शन गरिएको बताए । एमसीसीको विरोध गर्दै यी साना दलले निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्