
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै माओवादीको महाधिवेशन सम्पन्न भएको हो ।
माओवादीको विधानअनुसार महाधिवेशनमार्फत् २९९ सदस्यीय केन्द्रीय समिति घोषणा हुनुपर्ने हो । तर, सहमति कामय हुन नसक्दा माओवादीले अपुरो समिति घोषणा गरेको हो । बाँकी रहेका ६३ जना केन्द्रीय सदस्य पछि मनोनित गरिने बताइएको छ ।
केन्द्रीय सदस्यको नामावाली बाचन गर्दै अध्यक्ष प्रचण्डले बाँकी ६३ जना पछि मनोनित गरिने बताए । माओवादीको विधानअनुरा केन्द्रीय समितिले ४४ जना मनोनयन गर्न पाउँछ ।














