Logo
Logo

एमालेको जनसंगठन सञ्चालन निर्देशिकाको मस्यौदा तयार


630
Shares

काठमाडौं । नेकपा एमालेले ‘जनसंगठन सञ्चालन निर्देशिका’को मस्यौदालाई अन्तिम रुप दिएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिमालले सोमबार बसेको मस्यौदा कार्यदलको बैठकले निर्देशिको मस्यौदा तयार भएको बताए ।

एमाले स्थायी कमिटीका सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो ।

१०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बसेको बैठकले जनसंगठनहरुलाई फागुन मसान्त भित्रमा महाधिवेशन÷राष्ट्रिय सम्मेलन सम्पन्न गर्न निर्देशन जारी गरेको छ । एमाले केन्द्रीय कमिटीको बैठकबाट जनसंगठन समन्वय संयन्त्र गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्