Logo
Logo

माओवादीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले लिए सपथ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सदस्यहरुले सपथ लिएका हुन् । सपथ लिए लगत्तै केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय सदस्य युवराज चौलागाईँले बताए ।

बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी गठन गर्ने एजेण्डा रहेको छ । केन्द्रीय समितिको बैठकबाट सर्वसम्मत पदाधिकारी चयन गर्ने तयारी भएको छ ।

निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम प्रस्ताव गरेपछि बन्दसत्रले पारित गरेको थियो ।

माओवादीको विधान अनुसार अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्