Logo
Logo

सहमतिविपरित कक्षा सञ्चालन गरेपछि नोवेल मेडिकल कलेजमा तोडफोड



विराटनगर । सहमतिविपरित कक्षा सञ्चालन गर्दा विराटनगरको नोबेल मेडिकल कलेजमा तोडफोड भएको छ ।

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई लिएर कक्षा सुरू भएपछि नोबेल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन् ।

नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर, आइतबार थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि तनाव उत्पन्न भएको छ । सोक्रममा केही विद्यार्थी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्