Logo
Logo

मानवीय सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान


3.7k
Shares

काठमाडौं । मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ । लत्ताकपडा, औषधि, भाँडाकुँडालगायतका सामान लिएर टोली अफगानिस्तान गएको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झण्डै १२ टन मानवीय सहायता सामग्रीसहित टोली त्यसतर्फ गएको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको सदस्य राष्ट्रको नाताले अप्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको जानकारी दिए ।

सहयोग सामग्री बोकेको विमान अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली नागरिकका तर्फबाट अफगान नागरिकलाई पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्