Logo
Logo

रोकिराखेको ट्याक्सी ब्याक भएर दुर्घटना, पाँचजना घाइते


0
Shares

काठमाडौं । गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

आज बिहान साढे ११ बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१-००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक गोरखा सिरानचोक गाउँपालिका–५ भाँगे बस्ने ४० वर्षीय वीरबहादुर गुरुङ, सिरानचोक–२ मैपते बस्ने ३२ वर्षीया मञ्जु परियार, सोही स्थान बस्ने ५० वर्षीया गीतामाया परियार, २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार छन् । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000