Logo
Logo

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति


0
Shares

एजेन्सी । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित खेलकुद हलमा आक्रमण गर्न प्रेसिजन स्ट्राइक मिसाइल (पीआरएसएम) प्रयोग गरेको बताए । उक्त आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

पेजेस्कियानले इरानको भूमिगत आणविक केन्द्रमा आक्रमण गर्न अमेरिकाको रक्षा मन्त्रालयले ‘मदर अफ अल बम्स’ अर्थात् सबैभन्दा शक्तिशाली बम प्रयोग गर्नेबारे विचार गरिरहेको भन्ने अमेरिकी सञ्चारमाध्यमका समाचारप्रति पनि आपत्ति जनाएका छन् ।

‘यो कुनै विरोधाभास होइन, बरु लज्जास्पद कुरा हो,’ उनले भनेका छन्, ‘विश्व शान्ति र सुरक्षालाई कसले धम्की दिइरहेको छ ?’

उनको यो अभिव्यक्ति अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना र शक्तिशाली हतियार प्रयोगबारे चर्चा गरिरहेका बेला आएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000