Logo
Logo

फोरजी एलटीई वाईफाई विस्तार गर्दै टेलिकम



काठमाडौं । नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन टेलिकमले उक्त सेवा विस्तार गर्ने लागेको हो ।

कम्पनीले फोरजी एलर्टी नमस्ते वाईफाई सेवाका विभिन्न प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहक रुपमा सेवा दिन टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता भएको छ । बुधबार भाएको सम्झैतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।

फोरजी एलटीई नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले अहिले व्यक्तिग प्याकेज र सरकारी संस्था प्याकेज उपलब्ध गराइरहेको छ । व्यक्तित प्याकेट अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक आठमा ६० जिबी ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी एक वर्षका लागि नै हजारमा ७२० जिबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा चार सयमा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिन्छ ।

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत एक हजार दुई सयमा १२० जिबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी एक वर्षका लागि १३ हजार पाँच सयमा १,४४० जिबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ६ सयमा १५ दिनका लागि १२० जिबी प्याक लिन सकिन्छ ।

सरकारी संस्था प्याकेजमा तीन हजार ६५० मा र दुई हजार एक सयमा मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षीक र अर्धवार्षीक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्