
विराटनगर । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मत बराबर आएको छ ।
निर्वाचन आयोगका अनुसार दुवै जनाको मतभार ४४८८ आएको हो । अन्यतर्फ बस्नेत, बराल र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी परेको थियो । मतभार बराबर आएपछि कि त गोलाप्रथा वा पुनःनिर्वाचन हुने प्रावधान रहेको छ ।
यसअघि महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए।











