Logo
Logo

उद्योगमैत्री वातावरण नहुँदा भैरहवा ‘सेज’ अलपत्र



बुटवल । रुपन्देहीको भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र (सेज)ले गति लिन सकेको छैन् । उद्योगमैत्री वातावरण नहुँदा सेजले गति लिन नसकेको हो । यहाँ कूल ६८ वटा प्लट रहेता पनि १८ वटा प्लटमा हालसम्म ६ वटा उद्योग मात्रै संचालनमा आएका छन् ।

प्राय सहायक तहका कर्मचारी मात्रै भेटिने कार्यालय वरिपरीको वातावण पनि अस्तव्यस्त देखिन्छ । कम्प्युट अप्रेटर निर्मला भट्टराई खासै समस्या नभए पनि विद्युतको काम गर्न कर्मचारी अभाव रहेको बताउँछन् । उनका अनुसार यहाँ संचालित उद्योगले ६० प्रतिशत उत्पादन निर्यात गर्न सके त्यस्ता उद्योगीले छुटसमेत पउँछन् । तर, काम भने हुन सकेको छैन ।

सरकारले २०७३ सालदेखि सेजलाई प्राधिकरणको रुपमा संचालन गरिएतापनि पूर्णरुपमा संचालनमा आउन सकेको छैन । यहाँका कार्यकारी निर्देशक चण्डिका भट्ट कार्यालयमा भेटिदैनन् । सामान्य कर्मचारीको भरमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र वयवस्थापन कार्यालय तल्लो तहका कर्मचारीको भरमा चलेको छ । नीति नियम बनाउने जिम्मेवारी पाएका निर्देशक भट्ट प्राय काठमाडौंमै भेटिन्छन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेले सेजको नीतिगत समस्याका कारण उद्योगीहरु उत्साहित बन्न नसकेको बताउँछन् । सरकारले यस क्षेत्र संञ्चालनमा ल्याउन विषेश जोड दिन आवस्यक रहेको उनको भनाइ छ । जसका लागि तत्काल नियमावली शंसोधन गरी उद्योगमैत्री वातावरण बनाउनुपर्ने उनको सुझाव छ ।

सेज स्थापना भएको वर्षै बितिसक्दा समेत पूर्ण रुपमा संचालनमा आउन नसक्नु दुःखद भएको यस क्षेत्रका उद्योगी व्यवसायी बताउँछन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म सर्वज्ञ सेजले गति लिन नसक्नुमा मुलुकको राजनीतिक अवस्था जिम्मेवार रहेको बताउँछन् ।

त्यसको अलवा विद्युत सव–सटेसन जडान हुन नसक्नु र उद्योगमैत्री वातावरण नहुनु समेत कारक रहेको उनको भनाइ छ ।
जग्गाको मँहगोे भाडा, ६० प्रतिशत निर्यातको व्यवस्था, प्रशस्त विद्युत आपूर्ति, सुविधायुक्त पूर्वाधार र उचित प्रोत्साहन अभावका कारण उद्योगीहरुले सेजप्रति खासै चासो दिन नसकेको रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुलीको भनाई छ ।
करोडौंको लगानी रहेको सेजमा दरबन्दीअनुसार कर्मचारीसमेत छैनन् । सहायक तहका कर्मचारीको भरमा यत्रो कार्यालय छोडेर उद्योग क्षेत्रको बिकास गर्न नसकिने उद्योगी व्यवसायी धारणा रहेको छ ।

जस कसले लिने, कसको रान्छे राख्ने जस्ता कुरामै सेज लामो समय रुमलियो । दुईपटक त उद्घाटन मात्रै गरियो । सन् २०१४ नोबेम्वर १८ मा तत्कालीन उपप्रधान तथा गृहमन्त्री बामदेब गौतम र उद्योग मन्त्री महेश बस्नेतले संयुक्त उद्घाटन गरेका थिए । त्यसपछि तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीले विषेश आर्थिक क्षेत्र सेज कार्यलयको सन २०१७ फेबरी १६ मा उद्घाटन गरेका थिए । तर, कामले भने गति लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्