Logo
Logo

डिउटीका खटिएका प्रहरीमाथि बियरका बोतल प्रहार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
कटारी नगरपालिका–६ स्थित बिहीबारे भन्नेस्थानमा डिउटीमा खटिएको प्रहरीमाथि बियरको बोतल र बाँसको भाटाप्रहार गरेको अभियोगमा सोही नगरपालिका–७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


उक्त स्थानमा हो–हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्तीटोलीलेसोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथी बियरको बोतल र बाँसको भाटालेप्रहार गर्दा ३ जना प्रहरी कर्मचारी घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागिकटारी अस्पताल लगिएको छ । साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्