Logo
Logo

विश्वकप क्रिकेटमा सट्टावाजी गर्ने तीन जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
ईन्डियन प्रिमियर लिग क्रिकेट, बिश्वकप क्रिकेट, च्याम्पियनसिप, फुटवल समेतका खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकका बज्र प्रकाश लामा र बिधुत प्रकाश लामा तथा रामेछापका उमेश कार्कीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । कार्कीबार्ट क लाख रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।


उनीहरुले पेशेवर रुपमै सट्टेबाजी खेलाउँदै आएको प्रहरीले जनाएको छ । सट्टेवाजमा संलग्न ठूलो समूहलाई भने प्रहरीले नै सहयोग गरेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्