Logo
Logo

भारतमा लगाइएका धेरैजसो प्रतिबन्ध हटाइयो


1.4k
Shares

काठमाडौं । भारतले कोरोना संक्रमण रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ । भारतले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो ।

संक्रमण हुनेको संख्या र संक्रमणणदर दुवै घटेकाले आजदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । सरकारी सेवा नियमित अवस्थामा फर्किने भएको हो ।

भारतमा आजदेखि सबै कर्मचारी भौतिक रुपमा नै नियमित रुपमा कार्यालय जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, कार्यालयमा स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेछ ।

यस्तै, नयाँ दिल्लीमा बन्द भएका शैक्षिक संस्था पनि आजदेखि खुल्दै छन् । दिल्लीका स्कुल, कलेज, कार्यालय लगायतका क्षेत्र खुलेका हुन् ।

मारती सञ्चारमाध्यमले जनाए अनुसार भारतको जनजीवन बिस्तारै पुरानै लयमा फर्किन लागेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000