Logo
Logo

सशस्त्र प्रहरीका घुमुवा अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ जेठ ।
श्री सशस्त्र प्रहरी बल, नेपाल, नं. ११ गण, हजमिनिया, रौतहटमा कार्यरत रही सो कार्यालयबाट सादापोशाकमा परिचालित सशस्त्र प्रहरी जवान अरूण झा घुससहित पक्राउ परेका छन् ।

नेपाल भारत सिमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज गराईदिने भनि सेवाग्राहीसँग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिइ गएको टोलीले उनलाई ३० हजार घुससहित पक्राउ गरेको हो ।
बिहीबार नै नेपाल प्रहरीका इन्सपेक्टर केशब बस्नेत २० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्