Logo
Logo

खोपलाई सबैको पहुँचमा पुर्याउन परराष्ट्रमन्त्रीको आव्हान


441
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोनाविरुद्धको खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् ।

विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च-स्तरीय कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो आव्हान गरेका हुन् ।

महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको उनले बताए । खोपलाई सबैको पहुँचमा पुर्याउन यसको प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

परराष्ट्रमन्त्री खड्काले विशेष गरी गरिब देशहरूमा कोरोना महामारीले ठूलो आर्थिक क्षति गरेकोतर्फ ध्यानाकर्षण गरेका थिए । गरिब देशहरुको आर्थिक उन्नतीको लागि धनी देशहरुले सघाउनु पर्नेमा उनले जोड दिएका थिए । ‘हामीले यसै वर्षको अप्रिलसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेका छौँ,’ उनले नेपालको खोप अभियानका बारेमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्