Logo
Logo

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई किन पक्राउ गरियो ?


1.6k
Shares

काठमाडौं । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा थ्रेटपछि कार्यालयमा ल्याएर राखिएको बताएका छन् ।

The current image has no alternative text. The file name is: cholendra-jabara.jpg

गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । जबरालाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर प्रहरीको कार्यालयमा ल्याएर राखिएको एसएसपी खड्काले बताएका छन् । 

अदालतबाट पक्राउ पुर्जी  नलिई प्रहरीले जबरालाई नियन्त्रणमा लिएको हो ।  प्रहरी पक्राउ गर्न आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए । प्रभुशम्शेरले जेनजीहरुबाट तपाईँलाई थ्रेट छ भन्दै प्रहरीहरूले नियन्त्रणमा लिएको बताएका छन् । जबरालाई अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्