Logo
Logo
कांग्रेस–एमाले वार्ता

एमसीसीमा साथ खोज्दै कांग्रेस नेता बालकोटमा


2.9k
Shares

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोनका लागि सहयोग नगर्ने भएपछि सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फकाउन लागिपरेको छ ।

संसदमा पेस भएको एमसीसी अनुमोदानका लागि सहयोग गर्न अनुरोध गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वकाे एक टोली एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेको छ । तर, प्रधानमन्त्री देउवा भने केहीबेरमा मात्र बालकोट पुग्ने बताइएको छ ।

कांग्रेसका तर्फबाट उपसभापति पूर्णवहादुर खड्का, महामन्त्री गगन थापा र ञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता बालकोट पुगेका छन् ।

एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।

एमाले र नेपाली कांग्रेसका नेताहरुबीच छलफल जारी छ । दोस्रो तहका नेताहरुबीचको छलफलपछि मात्र प्रधानमन्त्री देउवा र एमाले ओलीबीच छलफल हुने बताइएको छ ।

शुक्रबार राती बालकोटमै कांग्रेस र एमालेबीच छलफल भएको थियो । उक्त छलफलमा एमाले अध्यक्ष ओलीले आफ्ना मागहरु पूरा नभएसम्म कुनै पनि संसदीय प्रकृयामा सामेल नहुने प्रतिकृया दिएका थिए ।

एमालेले आफूले गत साउनमा १४ सांसदलाई गरेको कारबाहीलाई संसदले मान्यता दिनुपर्ने अन्यथा सभामुखलाई नै हटाउनुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्