
काठमाडौं । प्रमख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरका तत्काल विघटन हुनुपर्ने बताएका छन् ।
संसदबाट पारित एमसीसीबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष ओलीले वर्तमान पाँच दलीय सत्ता गठबन्धनको सरकार औचित्यहीन भएकाले तत्ककाल विघटन हुनुपर्ने बताएका हुन् ।
ताजा जनादेशमा प्राप्त नगरेसम्म राजनीतिक समस्याहरु समाधान हुन नसक्ने भन्दै ओलीले वर्तमान सत्ता गठबन्धन अवैध तरिकाले बनेको भन्दै तत्काल विघटन हुनुपर्ने माग राखेका हुन् ।
पत्रकार सम्मेलनमा ओलीले भने– ‘यो अवैध सम्बन्धबाट जन्मिएको सरकार हो । यो तत्काल विघटन हुनुपर्दछ । हामीले भनेका छौं । भावनात्मक रूपमा लोकतन्त्र स्वीकार नगरेका शक्तिहरू सरकारमा छन् । त्यसकारण असंवैधानिक सरकार ढल्नुपर्छ । विघटन हुनुपर्छ ।’
अध्यक्ष ओलीले ताजा जनमतका लागि सरकार आलटाल गरिरहेको समेत आरोप लगाएका छन् । एमसीसी देखाएर सरकारले निर्वाचन सार्ने चेस्टा गरे पनि सफल हुन नसकेपछि सरकार निर्वाचन सार्न अर्को बहानाको खोजीमा लागेको समेत आरोप लगाएका छन् ।
ओली भने– ‘एमसीसीको नाममा कार्यकर्ता सडकमा उतारेर राजनीतिक माहोल विगार्न खोजियो । ति सबै निर्वाचन सार्ने खेल थियो । तर, बाध्य भएर एमसीसी पारित गरेका छन् । एमसीसी पारित हुँदा निर्वाचन सार्ने खेल त रोकियो तर अर्को बहाना ल्याएर निर्वाचन सार्न सक्छन् ।’











