Logo
Logo

पक्राउको कारण नै नखुलाई छुटे पूर्वप्रधानन्यायाधीश जबरा


1.1k
Shares

The current image has no alternative text. The file name is: cholendra.jpg

काठमाडौं । महाराजगञ्जस्थित निवासबाट समातिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएर पठाएको छ । 

आइतबार बिहान ३ बजे बाँसबारीस्थित निवासबाटै पक्राउ गरिएका पूर्व प्रधानन्यायाधीश जबरालाई प्रहरीले  आज छाडेको हो ।  बिनापुर्जी मध्यरात घरमा पक्रन पुगेको प्रहरी टोलीसँग राणाले कसूरसहितको पुर्जी मागेका थिए । तर, प्रहरीले पक्राउको कुनै चित्तबुझ्दो आधार र कारण दिन नसकेपछि झण्डै १२ घण्टा हिरासतमा बिताएका राणालाई छाडेको हो । 

प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो कि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने अझै स्पष्ट पारिसकेको छैन् । प्रहरी अधिकारीहरूले जबरालाई उनीमाथी सुरक्षा खतरा रहेको बताउँदै नियन्त्रणमा लिएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000