Logo
Logo

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा


630
Shares

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो पशुपतिनाथ न्दिरमा विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेका हुन् ।

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्दा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्