Logo
Logo

नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्य


882
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नायिका रेखा थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । यसअघि सम्पन्न एकता महाधिवेशनमा थापाले महामन्त्री पदमा उम्मेदवारी दिए पनि पराजित भएकी थिइन् । उनले लिङ्देन प्यानलबाट उम्मेदवारी दिएकी थिइन् ।

मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौं छन् ।

यसअघि पार्टीले पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्यसमिति अब १९५ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्