
काठमाडौं । मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ । नार्पाभुमी गाउँपालिका-५ स्थित सात हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा आज (आइतबार) बिहान हिमपहिरो गएको हो ।
हिमपहिरोमा परेर हिमाल आरोहणमा गएका १० जना बेपत्ता भएको सूचना आएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ र एकिन भइसकेका छैन ।
अहिले हेलिकोप्टरमार्फत उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा पुर्याइएको छ । उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।














