Logo
Logo

६ दल र दुई मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलन गर्ने


2.4k
Shares

काठमाडौं । साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साना ६ दल र २ मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरेको थियो । त्यसको विरोधमा साना दल र मोर्चाले आन्दोलन गर्दै आएका छन् । साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्म आन्दोलन गर्ने जनाएको छ ।

२० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविसँग अन्तक्रिया, २४ गते देशव्यापि प्रदर्शन, २६ गते विद्यार्थीहरुले देशभरिका क्याम्पसमा पदर्शन तथा विरोध गर्ने, २८ गते युवाहरुको विरोध प्रदर्शन, ३० गते मजदूरहरुको देशव्यापी विरोध प्रदर्शन रहेको छ ।

यस्तै चैत २ गते किसानहरुको विरोध प्रदर्शन, ४ गते श्रमिक तथा दलीतको विरोध प्रदर्शन, ६ गते राािष्ट्रय मोर्चा क्षेत्रीय र जातीय मोर्चाहरुले विरोध प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०ले सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको बताए । उनले सरकारले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्