Logo
Logo

‘१४ सांसदलाई निकाल्ने कसैको तागत छैन’


17.3k
Shares

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको बतएका छन् ।

भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा विराटनगरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता खनालले नेकपा एमालेले १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राखेर सदन अवरोध गरिरहेको विषयलाई लक्षित गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘१४ जनालाई कारबाही किन नगरेको भनेर संसद्लाई बन्धक बनाउने काम भइरहेको छ । १४ जना सांसदलाई निकाल्ने कसको तागत छ ? मुद्दा सर्वोच्चमा छ कसैले सडकबाट निकालेर हुन्छ ?’

उनले सभामुखमाथि महाभियोग लगाउछु भन्नेहरुसँग दुईतिहाइ बहुमत छ कि छैन भनेर प्रश्न समेत गरे । ‘सभामुखलाई महाअभियोग लगाउने भन्छन् । कोसँग छ दुईतिहाइ बहुमतरु यो अनावश्यक माग हो,’ उनले भने, ‘संसद्लाई बन्धक बनाउने काम गरिएको छ। कम्युनिस्ट आन्दोलनभित्र दक्षिणपन्थी धारले कतिसम्म गर्न सक्छ भन्ने उदाहरण हो यो।’

प्रतिक्रिया दिनुहोस्