Logo
Logo

गृह मन्त्रालयका उपसचिवसहित १० जना अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० जेठ ।
हज कमिटिमा भ्रष्टाचार गरेको भन्दै उपसचिवसहित १० जनाविरुद्ध मुद्दा चलेको छ ।
उपसमितिका अध्यक्ष मोहम्मद शोऐब, सदस्यहरु अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, हज समिति सदस्य सचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हिना ट्राभल्सका संचालक दाउद हुसैनविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए। सदस्य सचिव रहेका पोखरेल गृहका उपसचिव थिए । हाल उनले अवकाश पाइसकेका छन् ।


हज कार्यसम्पादन उपसमिति संयोजक मोहम्मद शोऐब तथा अन्य सदस्यहरु कम अंक कबोल गर्ने हिना ट्राभल्स एण्ड टुर्सले पेस गरेको बोलपत्र स्वीकृत गर्ने कार्यमा एकलौटी ढंगले निर्णय गरेको भन्दै बुधबार अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो।

साउदी अरबमा हज गर्न जाने हज यात्रीहरुका लागि आउन जान राउन्ड ट्रिपको लागि हवाई टिकट व्यवस्था गर्न नेपाल हज समितिको सचिवालयले २०७४ जेठ ११ गते शिलबन्दी बोलपत्र आह्वानको सूचना प्रकाशित भएको थियो। सो बमोजिम शर्त पालना गरी रितपूर्वक दर्ता हुन आएका युनिर्भसल टुर्स एण्ड ट्राभल्स, हिना ट्राभल्स लगायत केही बोलपत्र दाताहरुले ८८ हजार देखि ९० हजारसम्म कबोल गरेका थिए।

सबैभन्दा कम रुपैयाँमा तिर्थयात्री लाने ल्याउने जिम्मा लिनेसंस्थासँग सम्झौता गरी बोलपत्रको कार्यान्वयन गर्नुपर्नेमा कम अंक कबोल गर्नेलाई पाखा लगाई बढी अंकवालासँग लाखौँ घुस लिई भ्रष्टचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।

हज कार्यसम्पादन उपसमितिका संयोजक मोहम्मद शोऐब तथा अन्य सदस्यले दोश्रो कम अंक कबोल गर्ने संस्था हिना ट्राभल्स एन्ड टुर्सको बोलपत्र स्वीकृत गरी सार्वजनिक खरिदका ऐन नियम पालना नगरेको आरोपपत्रमा उल्लेख छ। नेपाल हज समिति सचिवालयका सदस्य(सचिव र लेखापालले उक्त गैरकानूनीरूपमा भएको निर्णयलाई कार्यान्वयन नगर्नु पर्नेमा आफ्नो अधिकार र दायित्व निर्वाह नगरी हिना ट्राभल्स एण्ड टुर्सलाई हवाई टिकटको सम्पूर्ण रकम भुक्तानी दिएको तथा सार्वजनिक खरिद ऐन २०६३ को दफा २१ को उपदफा ९१० र सोही दफाको उपदफा ९२० को देहाय ९(क) मा उल्लेख भएबमोजिम निज हिना ट्राभल्स एण्ड टुर्सले बोलपत्रसाथ पेश गरेको बोलपत्र जमानतवापतको रू ३८ लाख जफत गर्नुपर्ने भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।
हज कमिटिमा हरेक वर्ष भ्रष्टाचार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्