Logo
Logo

गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा


441
Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा, गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।

The current image has no alternative text. The file name is: govinda.jpg

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रवार साँझ डा, केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।

यसैबिच प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा,जे,पी, अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा,केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ । सरकारले वार्तामार्फत डा, केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्