काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी राज्यमन्त्री एन्थोनी ब्लिन्कनसँग बेइजिङले ‘आगोमा इन्धन थप्ने’ कुनैपनि कार्यको विरोध गर्ने बताएका छन् ।
ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री वाङ यीले आफूले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि प्रोत्साहन गरेको बताएका छन् । उनले वार्ताबाट मात्र संकट समाधान गर्न सकिने पनि बताए ।

रुस र युक्रेनको अहिलेको संकटले चीनको अगाडि ठूलो चुनौती खडा गरेको छ, जसले रुसको आक्रमणको हालसम्म आलोचना वा समर्थन गरेको छैन । बेइजिङले युरोपमा युद्धलाई समर्थन गरेको देखाउन चाहँदैन र यो मस्कोसँगको सैन्य र रणनीतिक सम्बन्ध पनि सुदृढ गर्न चाहन्छ ।
वाङले अमेरिका, नेटो र युरोपेली संघलाई रुससँग निष्पक्ष वार्ता गर्न र नेटो संगठनको विस्तारको बारेमा मस्कोको सुरक्षा चासोलाई स्वीकार गर्न पनि आह्वान गरे विवरणमा उल्लेख रहेको बिबिसीले जनाएको छ ।











