
काठमाडौं । पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । आज बिहान इच्छाकामना–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर अहिले दिउँसो २ः १५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन् । सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो ।


















