Logo
Logo

युक्रेन-रुस तेस्रो वार्ताः युक्रेनी टोली बेलारुसमा


882
Shares

एजेन्सी । युक्रेनी टोली रुससँग तेस्रो चरणको वार्ता गर्न बेलारुस पुगेका त्यहाँस्थित सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शान्ति स्थापनामा ठोस उपलब्धि प्राप्त नहुँदै यसअघि दुई चरणमा भएका वार्ता टुंगिएका थिए । यो वार्ता भने युक्रेनी नागरिकहरूलाई सैन्य कारबाहीबाट जोगिन अन्यत्र जान दिन निकास मार्ग प्रदान गर्ने सन्दर्भमा केन्द्रित हुने जनाइएको छ । रुसले युक्रेनका दक्षिणी र पूर्वी भागका सहरहरूमा सुरु गरेको गोलाबारी जारी रहेको बताइएको छ । शनिवार त्यस्तो मार्ग स्थापित गर्ने विषयमा भएका प्रयासहरू युद्धविराम हुन नसक्दा विफल भएका थिए ।

यस्तै, आइतवार राति रुसले गरेको अर्को प्रस्ताव युक्रेनले अस्वीकार गरेको थियो । रुसले युक्रेनीहरूलाई किएभबाट जाने मानिसलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको स्पष्ट भएपछि युक्रेनले उक्त प्रस्तावलाई “अनैतिक“ भनेको छ । रुसले आक्रमण थालेको बाह्रौँ दिनसम्म युक्रेनबाट १७ लाख मानिस अन्यत्र सरेका छन्।

प्रतिक्रिया दिनुहोस्