Logo
Logo

पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी पक्राउ


3.1k
Shares

काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ ।

पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो । जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिएको छ।

नाबालिगको बलात्कार गरेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पललाई प्रहरीले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद थप गरेर अनुसन्धान गर्ने अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्