Logo
Logo

गाँजासहित एकजना पक्राउ


567
Shares

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौशाला–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिवार साँझ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

गाँजा बरामद भएसँगै कारोबारी हरेन्द्रलाई पनि प्रहरीले घरबाटै पक्राउ गरेको छ भने निजउपर आवश्यक कारबाहीको तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्