Logo
Logo

काठमाडौं आउँदै गरेका १०५ वटा ग्यास बुलेट बिच बाटोमै रोकिए


756
Shares

काठमाडौं । काठमाडौं आउँदै गरेका १ सय ५ वटा ग्यास बुलेट बिच बाढीपहिरोले गर्दा बाटोमै रोकिएका छन् ।  बाढीपहिरोको कारण पृथ्वी राजमार्गमा यातायात आवतजावत ठप्प हुँदा काठमाडौं उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागिएका १ सय ५ वटा ग्यास बुलेट बिचमै रोकिएका नेपाल आयल निगमले जनाएको छ ।

The current image has no alternative text. The file name is: gas-1.jpg

बुधबारदेखिको वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरसहित दर्जनौ ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा भारतबाट ग्यास बोकेर आएका बुलेट काठमाडौं आउन नपाएको हो । 

सडकमा यातायात सुचारु हुनासाथ ती ग्यास बुलेट उपत्यकामा भित्रिने नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । १ सय ५ वटा ग्यास बुलेटले एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास बाटोमै रोकिएको हो । 

भारतको बरौनी, पारादीप, हल्दियालगायत स्थानबाट ग्यास लोड गरेर काठमाडौं आउँदै गरेका ती ग्यास बुलेट यतिबेला चितवन र हेटौँडा आसपास आएर रोकिएका छन् । 

काठमाडौं उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका ती बुलेट वीरगन्ज भन्सार क्लियर भएर चितवनको रामनगरमा, हेटौँडा लगायतका ठाउँमा रोकेर राखिएको निगमले जनाएको छ । 

ती ग्यास बुलेट काठमाडौं आउने बित्तिकै ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सकिने छ । ग्यास आपूर्ति सहज नहुँदा यतिबेला काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने ग्यासको अभाव छ। 

प्रतिक्रिया दिनुहोस्