Logo
Logo

एमालेसँग अहँकार र निषेधबाहेक केही छैन : प्रचण्ड


378
Shares

बिराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

आइतबार बिराटनगरस्थित विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताउँदै एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका हुन् ।

फाइल फोटो

गठबन्धन गर्दा सरकारमा भएका दलसँग सहकार्य गर्ने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले तत्काल एमालेसँग सहकार्यको सम्भावना देखेको छैन । राष्ट्रिय स्वाधिनताको विषयमा समझदारी हुनसक्छ कि भनेर छलफल गर्न नगएको होइन । तर अहंकार र निषेधबाहेक केही छैन । त्यसकारण एमालेसँग तत्काल सहकार्य हुन सक्दैन ।’

साथै, एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिने समेतन बताए । एमसीसीबारे लामो समय विवाद र बहस भएको भन्दै उनले भने, ‘एमसीसीको बारेमा हाम्रो विवाद बहस लामो समय चल्यो । सार्वभौम प्रतिनिधि सभाले पारित गरिसकेपछि एउटा सोलुसन निस्केको छ । हामीले स्थानीय तहको चुनावपछि यसबारे निर्णय गर्ने भनेका छौँ ।’ पत्रकार सम्मेलनमा नेता नारायणकाजी श्रेष्ठ पनि सँगै थिए ।

पार्टीभित्र विवादमा परेको एमसीसीबारे छलफल गर्न माओवादीले जेठ २० गतेको लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्