Logo
Logo

दीपक गौतमद्वारा निर्माण व्यवसायी महासंघ प्रदेश १ को उपाध्यक्षमा उम्मेदवारी घोषणा


378
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आसन्न निर्वाचनमा दीपक गौतमले प्रदेश १ को उपाध्क्षय पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको निर्माण क्षेत्रमा २७ वर्षदेखि सक्रिय गौतम गजुरमुखी कन्सट्रक्सनका सञ्चालक हुन् । उनी यसअघि महासंघको केन्द्रीय सदस्य थिए ।

सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका लागि भूमिका समेत खेलेका गौतमले आम निर्माण व्यवसायीको हितको वकालत गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी घोषणा गरेको बताए । महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्