Logo
Logo

कस्तो रहनेछ आज दिनभरिको मौसम ?


441
Shares

काठमाडौं । हाल बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेकाले आज बिहान देशभरको मौसम सामान्यतयाः सफा रहेको छ ।

त्यस्तै, दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ भने राति देशभरको मौसम सामान्यतयाः सफा रहने छ ।

यसैबीच, देशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेका कारण आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्