Logo
Logo

रुस-युक्रेन युद्धः युक्रेनका ९ जनाको मृत्यु, ५७ जना घाइते


693
Shares

फाइल फोटो

एजेन्सी । रुसी सेनाको आक्रमणमा परी युक्रेनका ९ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।

स्थानीय सरकारी अधिकारीहरुका अनुसार रुसी पक्षले युक्रेनको सहर एलभिभमा हवाई फायर गर्दा ९ जना युक्रेनी नागरिकको मृत्यु भएको हो भने ५७ जना घाइते भएका हुन् । “दुर्भाग्यवशः हाम्रा नौजनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।”, एलभिभ नगरका प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेखेका छन् ।

रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेपछि हालसम्म लाखौँ मानिस विस्थापित भएका बताइएको छ । युक्रेनी नागरिकहरू अहिले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित स्थानमा सर्ने प्रयत्न गरिरहेका जनाइएको छ । अधिकारीहरुका अनुसार ठूलो आक्रमण भएका ठाउँबाट सर्वसाधारणलाई बाहिर ल्याउन प्रयास भइरहेको छ ।

विशेषगरी दक्षिणी बन्दरगाह साहर मारिउपोल, रुसको सीमासँग नजिकै पर्ने सुमी र किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्