Logo
Logo

प्रदेश प्रमुख गुरुङद्वारा फागु पर्वको शुभकामना


567
Shares

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय तथा धार्मिक सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा सबै नेपालीले खुसी र हर्षोल्लासपूर्वक होली पर्व मनाउँदै आएको बताएका छन् ।

प्रदेश प्रमुख गुरुङले एक प्रेस विज्ञप्तिमार्पmत फागु पूर्णिमाको शुभकामना व्यक्त गर्दै यस पर्वले सबै नेपालीमा खुसीको रङ छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्