काठमाडौं । रंगहरुको उत्सव फागु अर्थात होलीले काठमाडौंको बसन्तपुर रंगिएको छ । बिहीबार काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा होली मनाइएको छ ।

कोरोना महमारीका कारण दुई वर्ष होली मनाउन नपाएका युवाजमात बिहीबार बसन्तुपरका उत्साहपूर्वक होली मनाउन जमघट भए । उनीहरूले एकअर्कालाई अबिर लगाइदिएर आत्मीयता साटासाट गरेका छन् ।

यसअघिका दुई वर्ष भने कोरोना महामारीका कारण होलीको उत्साह देखिएको थिएन । यो वर्ष भने कोरोना संक्रमण दर घटेकाले सार्वजनिक कार्यक्रम गरी विभिन्न संघसंस्था होली मनाएका छन् । होलीको अवसरमा सरकारले सार्वजनिक बिहीबार बिदा दिएको छ । तराई क्षेत्रमा भोलि शुक्रबार होली मनाइँदै छ ।


















