Logo
Logo

होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु


567
Shares

काठमाडौं । होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु भएको छ । तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्‍यु भएको हो ।

खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार साँझ साढे सात बजे मृत्यु भएको हो ।

त्यस्तै होली खेल्ने क्रममा छतबाट खेर एकजना गम्भीर घाइते भएकी छन् । घाइते ३८ वर्षीया अन्जु कार्की ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्