Logo
Logo

ज्ञानेन्द्र शाहीको टिप्पणी– ओली र बालेन सरकारमा फरक देखिएन


126
Shares

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणलाई लिएर बालेन शाह नेतृत्वको सरकारको आलोचना गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बालेन र ओली सरकारमा फरक नदेखिएको टिप्पणी गरे ।

उनले भने, ‘अब भ्रष्टाचारीलाई पक्राउ गर्नका लागि त्यसको मापदण्ड होला । यदि पूर्व प्रधानन्यायाधीश दोषी नै हुन् भने किन छाडेको? निर्दोष भए राति ३ बजे किन पक्राउ गरेको ? यस्ता गतिविधिले हिजोको केपी ओलीको र बालेनको सरकार बीचमा केही पनि फरक हुँदैन ।’

अदालतबाट पक्राउ पुर्जी ल्याएर पक्राउ गरेको भए प्रश्न गर्ने ठाउँ नै नहुने उनको भनाइ छ । उनले थपे, ‘आफ्नो व्यक्तिगत इगो साँध्नका लागि राज्यसत्ताको दुरुपयोग भइराखेको छ । अझै दुर्गा प्रसाईँ पक्राउ गरिएको छ । उहाँलाई गर्नुको सट्टा जीवी राई पक्राउ गरेको भए अझ राम्रो हुन्थ्यो। ९ अर्ब रुपैयाँ अहिले पनि नेपाली जनताले पाएको छैन ।’

फोरजी, एनसेल, निर्मला पन्तका बलात्कारीका हत्याराबारे सरकार गठन भएको ६ महिना भइसक्दा पनि कुनै कारबाही प्रक्रिया अघि नबढेको बताए ।

प्रतिक्रिया दिनुहोस्