
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् ।
बागलुङ-काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौंले आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् । “हामी अरुभन्दा धेरै लचिलो छौं,” मन्त्री पौडेलले भने, “हामी आफ्नै बुताले चुनाव लडेर जित्छौं । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए र आज पनि छन् ।” माओवादीका कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियवादी लागेको उनले आरोपसमेत लगाए ।
विचार, राजनीति, र दृष्टिकोण फरक भएपनि जिल्लाको विकासका लागि नेताहरु एक कदम रहेको भन्दै मन्त्री पौडेलले बागलुङको विकासका लागि जीवन रहुञ्जेल व्यतित गर्ने बताए ।












