काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई ‘स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति’ को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन् ।
फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देउवाले थापालाई ‘स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी गराए ।














