काठमाडौं । आज सङ्घीय संसद्का दुई समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

आज बिहान साढे ९ बजेदेखि सुरु हुने अर्थ समितिको बैठकमा लगानी बोर्डको कार्यालयबाट सम्पादित हालसम्मका कामकारबाही एवं नेपालमा लगानी परिचालनको अवस्था, समस्या एवं चुनौतीका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसँग छलफल हुने समितिले जनाएको छ ।
त्यस्तै, दिनको १२:१५ बजेदेखि सुरु हुने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको सातौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।














