Logo
Logo

सासूको हत्या अभियोगमा बुहारी पक्राउ


1.1k
Shares

काठमाडौं । सासूको हत्या गरेको अभियोगमा बुहारी पक्राउ परेकी छन् ।

प्रहरीले सो आरोपमा दाङको बबई गाउँपालिका–७ की २२ वर्षीया जमुना कुँवरलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार हँसिया र चक्कु प्रहार गरी ६५ वर्षीया सासू गंगी कुँवरको हत्या गरेको आरोपमा बुहारी जमुना कुँवर पक्राउ परेकी हुन् ।

पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या आफैँले गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन चुँदालीले जानकारी दिए । केही समय यता सासू–बुहारीकाबीचमा मनमुटाव चल्दै आएको उनले बताए । आपसी मनमुटाव चलिरहैबेला मंगलवार बिहान करिब ९ बजेतिर बुहारी जमुनाले सासू गंगीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट जानकारी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गंगीको शव मंगलवार शान्तिनगर गाउँपालिका–६ मा पर्ने कोरबाङको नर्सरीमा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्